नेपालको महिला राष्ट्रिय फुटबल टिम विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा खस्किएको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली महिला टोली एक स्थान तल झरेर १०२ औं स्थानमा पुगेको हो । नेपालले ११९६.७३ अंक प्राप्त गरेको छ ।
नेपाल एसियाली राष्ट्रको वरीयताको २१ औं तथा दक्षिण एसियाली राष्ट्रको वरीयताको दोस्रो स्थानमा छ । दक्षिण एसियामा नेपालभन्दा अघि रहेको भारत ५८ औं स्थानमा छ ।
विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत रहँदा जर्मनी दोस्रो स्थानमा उक्लिएको छ । उनीहरुले क्रमशः २१११.४७ र २०५९.७५ अंक प्राप्त गरेका छन् ।
स्वीडेन, इंग्ल्याण्ड, फ्रान्स नेदरल्याण्ड्स, क्यानडा, स्पेन, ब्राजिल नवौं र उत्तर कोरिया क्रमशः तेस्रो देखि १० औं स्थानमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।