साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । सिटीले गएराति घरेलु टोली वेस्ट ह्याम युनाइटेडलाई २–० ले हराउँदै विजयी सुरुवात गरेको हो ।
लण्डन स्टेडियममा सिटीलाई जित दिलाउन दुवै गोल एर्लिङ हालान्डले गरे । खेलको ३६ औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनी प्रिमियर लिगको डेब्यु खेलमै गोल गर्न सफल भए ।
६५ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलाई २–० को सहज जित दिलाए । यो जितसँगै सिटीले तीन अंक जोड्दा वेस्ट ह्यामले भने हारबाट लिगको सुरुवात गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।