इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले पोर्चुगिज विंगर गोन्कालो गुडेस अनुबन्ध गर्ने भएको छ । उल्भ्सले गोन्कालोलाई स्पेनिस क्लब भ्यालेन्सियाबाट अनुबन्ध गर्न लागेको हो ।
गोन्कालो अनुबन्धका लागि दुई टोलीबीच २७।५ मिलियन पाउण्डको सम्झौता भएको छ । राउल जेमिनेज चोटको कारण लामो समय मैदान बाहिर रहने भएपछि उल्भ्सले गोन्कालो अनुबन्ध गर्न लागेको हो ।
सन् २०१७ मा लोनमा फ्रेन्च क्लब पिएसजीबाट लोनमा भ्यालेन्सिया भित्रिएका गोन्कालोलाई क्लबले सन् २०१८ मा स्थायी खेलाडी बनाएको थियो ।
उनले क्लबका लागि १४६ ला लिगा खेलमा २८ तथा पोर्चुगलका लागि ३२ खेलमा सात गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।