logo-img

आजको मौसम : बागमतीसहित यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना

शुक्रबार बिहान गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आइतबार देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।  





  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया