logo-img

विश्वप्रकाशको प्रस्ताव : दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ
फाइल तस्वीर

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन् । 

शनिबार काठमाडौंमा आयोजित युवासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरबारबाटै रूपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटकपटक दिन नहुने तर्क गरे । 

उनले राजनीतिलाई दुस्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताए । दलहरुले आ–आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एकअर्काप्रति दुस्मनी साँध्ने गरी अभिव्यक्ति दिन भने नहुने महामन्त्री शर्माले बताए । 

उनले भने, ‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्यो । राजनीतिलाई रूपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरबारबाटै हुनुपर्छ । मैले त भन्ने गरेको छु–राजनीतिलाई दुस्मनीको रूपमा पनि लिनु हुन्न ।’

महामन्त्री शर्माले युवाको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको र त्यसका लागि मुलुकमा काम भइरहेको दाबीसमेत गरे । उनले जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।





  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया