निर्वाचन नजिकिएसँगै मकवानपुरका कांग्रेस नेता बानियाँ रासन बोकेर जनताको दैलोमा

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै नेताहरु निर्वाचनको तयारीहरु सुरु गरिसकेका छन् । यसैको फलस्वरुप मकवानपुरका नेताहरु पनि जनताको घरदैलोमा रासनका सामान बोकेर घर/घर धाउने क्रम सुरु हुन थालेको हो । नागरिकको मतको अपेक्षामा जनताको घर-दैलोमा मकवानपुरका नेताहरु भेटिन थालेका छन् ।
 
निर्वाचनलाई केन्द्रित गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका गरिब विपन्न चेपाङ, तामाङ तथा लोपोन्मुख बनकरिया समुदायका ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । 

मनहरी गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको नयाँबस्ती, बनकरिया, अजिंगरे, चिसापानी, रुपाचुरी, खरिवाङ, लोथर, खयरघारी, चौकीटोल, नयाँवस्ती, प्रतापपुर क्षेत्रका चेपाङ, वनकरिया तथा तामाङ समुदायका गरिब, विपन्न परिवारका ५ सय  घरपरिवारलाई प्रतिपरिवार एक बोरा चामल, दाल लगायतका खाद्य सामाग्री सहयोग गरेका हुन् । 

अरु समयमा अन्य राजनीतिक कार्यक्रममा व्यस्त देखिने नेता बानियाँ रासन बोकेर जनताको दैलोमा जानुलाई निर्वाचनको तयारीमा जुटेको भन्ने बुझ्न सकिन्छ । 

खाद्य सामग्री हस्तान्तरण गर्दै नेता बानियाँले नेपाली कांग्रेस प्रत्येक दीनदुःखी, असहाय, गरिबको सेवामा सधैँ समर्पित रहने पार्टी रहेको समेत दाबी गरेका थिए । नेता बानियाँले चाडबाडको मुखमा गरिब र विपन्न जनतालाई केही राहत हुने लक्ष्यका साथ सानो सहयोग गरेको बताउँदै जनताको दुःख, पीडा र साथ सहयोगमा कांग्रेस सधैँ रहिरहने बताए । 


 





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार १८:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया