काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै आएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा आउने प्रतिनिधिसभा निर्वाचनमा भने कास्कीबाट लड्ने भएका छन् ।
उनले कास्की जिल्ला क्षेत्र नम्बर १ बाट संघीय प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार हुने मनोनयन दरखास्त फारम भरेका हुन् । थापाले नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत दरखास्त दिएका हुन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आउने मंसिर ४ गते हुँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।