फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । ऊ घरेलु टोली टुलुजविरुद्ध ३–० ले विजयी भएको हो ।
स्टेडियम डी टुलुजमा पिएसजीलाई जित दिलाउन नेयमार, केलियन एम्बाप्पे र जुआन बर्नाटले एक/एक गोल गरे । खेलको ३०औं मिनेटमा नेयमारको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो ।
५०औं मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोबार बनाए । ९०औं मिनेटमा बर्नाटले गोल गरेपछि पिएसजीले ३–० को सहज जित निकाल्यो ।
यो जितसँगै ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहँदा पराजित टुलुज समाज खेलबाट ५ अंकका साथ १३ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।