स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे

श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् । खराब आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्तापछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् । 

राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरूले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

राजापाक्षे विमानस्थलमा उत्रदा उनलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले भव्य स्वागत गरेको थियो । यसले श्रीलंकामा उनको राजनीतिक प्रभाव यथावत रहेको संकेत गरेको छ । विमानस्थलमा उत्रनेबित्तिकै उनलाई माला लगाएर स्वागत गरिएको थियो ।

राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी कार्यालयमा प्रदर्शनकारीले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए । श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स पुगेका उनी त्यहाँबाट सिंगापुर गएका थिए । उनले १३ जुलाईमा सिंगापुरबाटै राजीनामा पठाएका थिए । 





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार ८:२१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया