logo-img

कांग्रेसलाई रूपान्तरण गरी नवीन बनाउन आवश्यक छः विश्वप्रकाश शर्मा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई रूपान्तरण गरेर नवीन बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार सुन्दरीजलमा कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९ औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै उनले यस्तो बताए । 

महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तरतामा नवीनता थपेर अघि बढाउन आवश्यक रहेको बताए । उनले विगतका कमीकमजोरीलाई आत्मालोचना गरी रूपान्तरित कांग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको बताए । 

उनले कांग्रेसलाई एकातिर बदलिएको बलियो कांग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकूलताको बीचमा कांग्रेसलाई बलियो दलको रूपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताए । 

उनले ५ वर्षको सरकारको कुरा नभई १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताए । उनले आगामी निर्वाचनको घोषणापत्रमा सबै पक्षलाई समेटर घोषणापत्र बनाउने बताए ।

महामन्त्री शर्माले कांग्रेस उज्यालो अनुहार बनाएर ४ मंसिरमा कांग्रेस पार्टीलाई बलियो दलको रूपमा बहुमत लक्षित दलको रूपमा स्थापित गर्न अग्रसर हुने बताए । उनले कांग्रेस पार्टीले २१ औं शताब्दीको विषयलाई सम्बोधन गर्नसक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको सुरुवात घोषणा गरे ।



महामन्त्री शर्माले नेपाल अहिले श्रीलंकाको बाटोमा नरहेको उल्लेख गर्दै श्रीलंकाको बाटोमा छ भन्नु भ्रमबाहेक अरू नभएको जिकिर गरे । उनले नेपाल देशले सामाजिक न्याय शैलीको उदार अर्थ व्यवस्थाको बाटोबाट कसरी जनताको अनुहारमा खुसी ल्याउन सकिन्छ भन्ने कुरामा कांग्रेस अघि बढ्ने बताए । 

महामन्त्री शर्माले ठूलो योजना अघि बढाउँदै गर्दा ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन ? भन्ने प्रश्न उठ्नसक्ने भन्दै बुद्धिमतापूर्ण काम गर्नुपर्ने बेला भएको पनि बताए ।



  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया