नेप्से ५७ अंकले घट्यो, कारोबार रकम भने बढ्यो
फाइल फाेटाे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन बिहिबार उच्च अंकले घटेकाे छ । कारोबारको सुरुवातदेखि नै ओरालो लागेकाे नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो । 

बिहीबार नेप्से ५७ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ४८ विन्दुमा बन्द भएको छ । त्यस्तै, नेप्से घटे पनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । नेप्सेमा २ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

कारोबार भएका कम्पनीमध्ये २ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ वटा कम्पनीको घटेको छ । यसमध्ये एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटिजन्स म्यचुअल फण्ड २ को सेयरमूल्य ४.१२ प्रतिशतले बढेको छ ।  

नेप्सेका अनुसार एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ५० लाखभन्दा बढीको कारोबार भएको छ ।





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १६:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया