मधेस प्रदेशका सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, को कहाँ?

निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बिहीबार एक सूचना निकाल्दै मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त गरिएको जनाएको हो । 

जसअनुसार मधेस प्रदेशका आठवटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमा ८ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत र उपसचिव तथा उपरजिष्ट्रारहरूलाई निर्वाचन अधिकृत तोकिएको छ । 

सप्तरीमा जिल्ला अदालतका जिल्ला न्यायाधीश हेमन्त रावललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनी क्षेत्र नम्बर–२ मा बस्नेछन् । त्यस्तै, निर्वाचन अधिकृतहरूमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का लागि प्रशासकीय अदालतका उपरजिष्ट्रार धनेन्द्र अधिकारी, क्षेत्र नम्बर–३ का लागि सर्वोच्च अदालतका इजलास अधिकृत मदनप्रसाद पराजुली र क्षेत्र नम्बर–४ का लागि राष्ट्रिय सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेललाई तोकिएको छ । 

सिराहामा जिल्ला अदालतका जिल्ला न्यायाधीश काजीबहादुर राईलाई मुख्य निर्वाचन अधिकृत बनाइएको छ । उनी क्षेत्र नम्बर–३ मा रहनेछन् भने क्षेत्र नम्बर–१ का लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव लोकहरी बस्याल, क्षेत्र नम्बर–२ मा सर्वोच्च अदालतका उपरजिष्ट्रार कृष्णप्रसाद अधिकारी र क्षेत्र नम्बर–४ मा विशेष अदालतका उपसचिव दीपेन्द्रनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । 

धनुषामा भने धनुषा जिल्ला अदालतका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनी क्षेत्र नम्बर–३ को प्रतिनिधित्व गर्नेछन् । क्षेत्र नम्बर–१ मा कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयका उपसचिव उत्तमप्रसाद खरेल, क्षेत्र नम्बर–२ मा जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला र क्षेत्र नम्बर–४ मा मुख्य न्यायाधिवक्ता कार्यालयका उपसचिव सुदिप कुमार दंगाललाई निर्वाचन अधिकृत बनाइएको छ । 

त्यस्तै, महोत्तरीमा जिल्ला अदालतका जिल्ला न्यायाधीश हेम बहादुर सेन मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । उनी क्षेत्र नम्बर–३ को प्रतिनिधित्व गर्नेछन् । क्षेत्र नम्बर–१ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव गुणराज श्रेष्ठ, क्षेत्र नम्बर–२ मा न्याय सेवा तालिम केन्द्रका उप तालिम प्रमुख अरुणकुमार झा र क्षेत्र नम्बर–४ मा विशेष सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता दशरथ गौतमलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ । 



सर्लाही जिल्लामा जिल्ला अदालतका जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । उनी क्षेत्र नम्बर–२ मा उपलब्ध हुनेछन् । क्षेत्र नम्बर–१ मा सर्वोच्च अदालतका इजलास अधिकृत प्रदीपकुमार उपाध्याय, क्षेत्र नम्बर–३ मा जिल्ला सरकारी वकिल कार्यालय ताप्लेजुङका जिल्ला न्यायाधिवक्ता मोना सिंह र क्षेत्र नम्बर–४ मा सर्वोच्च अदालतका इजलास अधिकृत शम्भुप्रसाद बराललाई निर्वाचन अधिकृत तोकिएको छ । उता, रौतहटमा भने रौतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश मातृका मरासिनीलाई मुख्य निर्वाचन अधिकृतको रुपमा खटाइएको छ । उनी क्षेत्र नम्बर–१ म उपलब्ध हुनेछन् ।

त्यस्तै, क्षेत्र नम्बर–२ मा नेपाल कानून आयोगका उपसचिव राजन नेपाल, क्षेत्र नम्बर–३ मा न्याय परिषद् सचिवालयका उपसचिव मेघनाथ चापागाईँ र क्षेत्र नम्बर–४ मा सर्वोच्च अदालतका इजलास अधिकृत गुणराज पराजुलीलाई निर्वाचन अधिकृतको जिम्मेवारीमा खटाइएको छ ।



बारा जिल्लामा भने जिल्ला अदालत बाराका जिल्ला न्यायाधीश पूर्णेश्वर प्रसाद उपाध्यायलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । उनी क्षेत्र नम्बर–३ को प्रतिनिधित्व गर्नेछन् । क्षेत्र नम्बर–१ का लागि जिल्ला सरकारी वकिल कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता कैलाश खत्री क्षत्री, क्षेत्र नम्बर–२ का लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशका उपसचिव सुदर्शन ढकाल र क्षेत्र नम्बर–४ का लागि सर्वोच्च अदालतका इजलास अधिकृत कर्णबहादुर राईलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । 

मधेस प्रदेशको पर्सामा जिल्ला अदालत पर्साका जिल्ला न्यायाधिश विनोदकुमार पोखरेललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनी क्षेत्र नम्बर–१ मा उपलब्ध हुनेछन् । त्यस्तै, क्षेत्र नम्बर–२ मा जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता सुशिल देवकोटा, क्षेत्र नम्बर–३ मा जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता योगनाथ ढकाल र क्षेत्र नम्बर–४ मा उच्च अदालत जनकपुर वीरगञ्ज इजलासका उपरजिष्ट्रार रमेश श्रेष्ठलाई निर्वाचन अधिकृतको रुपमा खटाइएको हो ।

खटाइएका ठाउँ जानुअघि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले अभिमुखीकरण दिनेछ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका लागि आगामी ४ मंसिरमा निर्वाचन हुँदैछ । 

  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १३:१९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया