logo-img

अनलाइनबाटै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानका टिकट बुकिङ गर्न मिल्ने

अनलाइन माध्यमबाट नै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानका टिकट बुकिङ गर्न मिल्ने भएको छ । आज नेपाल वायुसेवा निगमले एक विज्ञप्ति जारी गर्दै अनलाइन सेवा सुरु भएको जनाएको हो । 

सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा अनलाइन बाटै टिकट बुकिङ सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । सेवा सुरु भएसँगै नेपाल एयरलाइन्सको वेबसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने भएको छ ।

निगमले अहिले नयाँ दिल्ली, ​बैङ्लौर, मुम्बई,  दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, रियाद र नारितामा उडान गरिरहेको छ । 





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार १६:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया