अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज बिहान सम्पन्न खेलमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले जित हात पारेको छ । उसले अफ्रिकी राष्ट्र जमैकाविरुद्ध ३–० को सहज जित हात पारेको हो ।
अमेरिकाको न्यु जर्सीस्थित रेडबुल एरिनामा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा जुलियन अल्भारेजले एक गोल गरे ।
खेलको ११ औं मिनेटमा अल्भारेजको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो । उनले लाउटारो मार्टिनेजको पासलाई सदुपयोग गरे ।
खेलको ८६ औं मिनेटमा जियोभानी लो सेल्सोको पासलाई गोलमा परिणत गर्दै मेस्सीले टोलीको अग्रता दोब्बर बनाए । ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिनाले ३–० को सहज जित निकाल्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।