बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो ।
सुरेन्द्रले सामाजिक सञ्जालमा जनाएअनुसार उनका कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए । चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेका छन् ।
मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौं हिँडेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।