कर्णालीका लागि माओवादीले टुंग्यायो उम्मेदवार
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका लागि उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा चुनाव लड्ने उम्मेदवारको माओवादीले टुंगो लगाएको हो ।

सत्ता गठबन्धनमा भएको भागबण्डामा माओवादीले कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ५ वटा र प्रदेश सभाका २४ सिटमध्ये ९ सिट परेको छ ।

यी हुन् उम्मेदवार 

प्रतिनिधिसभातर्फ 
रुकुम पश्चिम :  जनार्दन शर्मा
जाजरकोट : शक्तिबहादुर बस्नेत
कालिकोट : महेन्द्रबहादुर शाही
 जुम्ला : गोमा कुँवर
हुम्ला : छिरिङ डम्डोल लामा (कार्चेन) 

प्रदेशसभातर्फ 
रुकुम पश्मिम : (क) महेन्द्र केसी र (ख)मा राजकुमार शर्मा [ (क) मा कांग्रेसले पनि दाबी रहेकोले छलफल जारी छ ।]
सुर्खेत–१ : (ख) कृष्णबहादुर जिसी (जितेन्द्र) र २ को (ख) मा बिन्दमान विष्ट 
दैलेख–२ : (ख) उपेन्द्रकुमार रावत ‘सुशील’ 
मुगुमा : (ख) मंगल शाही
कालिकोट : (क) दुर्गा रावत
डोल्पा : (ख) वीरबहादुर शाही
हुम्ला : (क) रणसिङ परियार
सल्यान : (क) भीमप्रकाश शर्मा 





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार १६:२५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया