विराटनगरस्थित अप्सरा गेष्ट हाउसमा एक युवकको हत्या भएको छ । बिहीबार राति मधेस प्रदेशको सिराहा गोल बजार घर भएका १८ वर्षिय अंशु सदाको हत्या भएको हो ।
सदालाई अपहरण गरेर सो गेष्ट हाउसको कोठा नम्बर १ मा अपहरणकारीहरूले हत्या गरेको प्रहरीले जनाएको छ । सदालाई अपहरणकारीहरूको समूहले २३ असोजदेखि सो गेष्ट हाउसमा राखेका थिए ।
उनीहरूले फिरौती बापत एक लाख रुपैयाँ रकम माग गरेको र सो नदिँदा युवकको हत्या गरेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । प्रहरीले युवकको हत्यामा संलग्न भएको आशङ्कामा धनुषाका विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्कीलाई पक्राउ गरेको जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।