logo-img

सहरी विकासमन्त्री चौधरीलाई निर्वाचन आयोगकाे चौबिस घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ । 

मन्त्री चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै दाङको चारवटा पालिकाका बाढीपीडितलाई राहत सामाग्री वितरण गरेपछि आयोगले आज उनलाई स्पष्टीकरण सोधेको हो । 

शनिबार मन्त्री चौधरीले दाङमा गएर बाढीपीडितलाई १३ लाख रुपैयाँ बराबरको चामल वितरण गरेका थिए । उनले राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल वितरण गरेका थिए ।  

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लंघन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार के छ ?,’ आयोगले मन्त्री चौधरीलाई सोधेको छ । 

जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गर्न सक्ने विकल्प हुँदाहुँदै त्यसो नगरी आफैँ राहत वितरण गर्नुपर्नाको कारण पनि पनि आयोगले उनीसँग मागेको छ । 

‘तपाईं (मन्त्री चौधरी)बाट निर्वाचन आचारसहिताको उल्लंघन भएको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन जरिबाना गर्नु नपर्ने हो ?,’ आयोगले सोधेको छ ।  





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया