logo-img

टी–२० विश्वकप : स्कटल्याण्डको विजयी सुरुवात

अस्ट्रेलियामा जारी टी–२० विश्वकपका स्कटल्याण्डले विजयी सुरुवात गरेको छ । उसले पहिलो चरणअन्तर्गत समूह‘बी’ को खेलमा वेस्ट इण्डिजलाई ४२ रनले हराउँदै विजयी सुरुवात गरेको हो । 

१६१ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११८ रन मात्र बनाउ सक्यो । उसका लागि जेसन होल्डरले सर्वाधिक ३८ रनको योगदान दिए । 

काइल मायर्सले २०, ब्रेन्डन किंगले १७ र इभन लुइसले १४ रन जोडे । स्कटल्याण्डका लागि मार्क वाटले ३, ब्राड व्हिल र माइकल लिस्कले २–२ तथा जोश डेभी र सेफ्यान सरिफले १–१ विकेट लिँदा एक विकेट रन आउका रुपमा प्राप्त भयो । 

त्यसअघि होबार्टस्थित बेलेरिभ ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रन बनाएको थियो । उसका लागि जर्ज मुन्सेले अविजित रहँदै ५३ बलमा ९ चौकासहित सर्वाधिक ६६ रनको योगदान दिए ।

कलुम म्याकलिओडले २३,माइकल जोन्सले २० तथा कप्तान रिची बेरिङ्टन र क्रिस्टोफर ग्रिव्सले समान १६ रन जोडे । वेस्ट इण्डिजका लागि अल्जारी जोसेफ र जोसन होल्डरले २–१ तथा ओडियन स्मिथले १ विकेट लिए । 

जितसँगै स्कटल्याण्डले २ अंक जोड्दा वेस्ट इण्डिजले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया