logo-img

नवौं राष्ट्रिय खेलकुदः ब्याडमिन्टनमा नविता र स्यान्टुलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टको महिला तथा पुरुष दुवैको एकलमा विभागीय टोली नेपाल पुलिस क्लबले  स्वर्ण हात पारेको छ । 

आज सम्पन्न महिला एकलमा नविता श्रेष्ठले पुलिसकै एलिना महर्जनलाई ४–३ को सेटमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । 

उनले खेल ११–८,११–६,१२–१४,११–८,९–११,६–११,१३–१५ ले आफ्नो पक्षमा पारिन् । यो स्पार्धमा एपिएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कास्य जिते । 

त्यस्तै,पुरुष एकलतर्फ स्यान्टु श्रेष्ठले नेपाल एपिएफ क्लबका रुविन महर्जनलाई ४–१ को सेटमा पराजित गर्दै स्वर्ण जित । 

उनले खेल ११–८,११–७,११–९,६–११,११–६ले आफ्नो पक्षमा पारेका हुन् । यो स्पार्धामा पुलिसका प्रदीप रोका र एपिएफका संयोग कपालीले कास्य पदक हात पारे ।

योसँगै पुलिस प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा टीम च्याम्पियन बनेको छ । शीर्ष स्थानको पुलिसले ६ स्वर्णसहित २ रजत र ४ कास्य पदक जित्यो । नेपाल एपिएफ क्लब १ स्वर्ण, ४ रजत र १ कास्यसहित दोस्रो तथा बागमती प्रदेश १ रजत र २ कास्य जितेर तेस्रो भए। 



त्रिभुवन आर्मी क्लब, गैह्रआवासीय नेपाली संघ (एनआरएनए) र प्रदेश १ ले समान २ कास्य हात पार्दा गण्डकी प्रदेशले १ कास्य पदक जित्यो ।

प्रतियोगितामा सहभागी मधेश प्रदेश,लुम्बिनी,कर्णाली र सुुदूरपश्चिम प्रदेशले भने पदक जित्न सकेनन् ।



  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १४:३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया