नुवाकोटमा धारिलो हतियार प्रयोग गरेर आमाछोरीको वीभत्स हत्या भएको छ ।
जिल्लाको दुप्चेश्वर–५ स्थित बालकुमारी भगेरीमा सोमबार २१ वर्षीया सम्झना खतिवडा र उनकी ४ वर्षीया छोरी कृष्टिनाको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दुवै जनाको खुकुरी प्रहारबाट हत्या भएको जानकारी दिएको छ ।
आक्रमणकारीको पहिचान खुलिनसकेको र घटनास्थलमा टोली पुगेर अनुसन्धान थालिएको नुवाकोट प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।