विश्वकपअघिको मैत्रीपूर्ण खेलमा स्पेन विजयी भएको छ । ऊ गएराति घरेलु टोली जोर्डनविरुद्ध ३–१ ले विजयी भएको हो ।
अमन अन्तर्राष्ट्रिय स्टेडियममा स्पेनलाई जित दिलाउन अन्सु फाती, गाभी र निको विलियम्सले एक–एक गोल गरे । घरेलु टोलीका लागि हमजा अल–दर्दोरले एक गोल फर्काए ।
खेलको १३ औं मिनेटमा फातीको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । ५६ औं मिनेटमा गाभीले टोलीको अग्रता दोब्बर बनाए ।
८४ औं मिनेटमा विलियम्सले गोल गरेपछि स्पेन ३–० ले अघि बढ्यो । थप गरिएको समयमा दर्दोरले एक गोल फर्काएपछि पाहुना टोलीले ३–१ को जित निकाल्यो । समूह ‘इ’ मा रहेको स्पेनले २३ नोभेम्बरमा कोस्टारिकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा घाना र क्यानडाले पनि जित हात पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।