logo-img

नाइजेरियाविरुद्ध पोर्चुगलको शानदार जित

विश्वकपअघिको मैत्रीपूर्ण खेलमा घरेलु टोली पोर्चुगालले नाइजेरियाविरुद्ध ४–० को शानदार जित हात पारेको छ ।

जोसे अल्भालाडे स्टेडियम गएराति सम्पन्न खेलमा पोर्चुगललाई सहज जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई तथा गोन्कालो रामोस र जाओ मारियोले समान एक गरे ।

खेलको नवौं मिनेटमा फर्नान्डेसको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । ३५ औं मिनेटमा उनैले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

८१ औं इमानुएल बोनाभेन्चर डेनिस पेनाल्टीमा चुक्दा नाइजेरियाले गोल अन्तर कम गर्ने अवसर गुमायो ।

८२ औं मिनेटमा रामोस तथा ८४ औं मिनेटमा मारियोले गोल गरेपछि पोर्चुगलले ४–० को शानदार जित निकाल्यो । समूह ‘एच’ मा रहेको पोर्चुगलले २४ नोभेम्बरमा घानासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार ७:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया