बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेटघाट गरेका छन् ।
बेलायतमा प्रधानमन्त्री बनेपछि पहिलो भ्रमणमा किभ पुगेका सुनकले जेलेन्स्कीसँग भेटेका हुन् ।
यसले विश्व राजनीतिमा नयाँ तरंग ल्याएको छ । बेलायतले युक्रेन तथा रुसको युद्धमा युक्रेनलाई साथ दिँदै आएको छ । यो भेट केही समयअघि भएको भनिएको छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।