ओलीले फोन गरे प्रचण्डलाई, भने– मिलेर अगाडि बढौँ
फाइल तस्वीर ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । नेकपाको विग्रहपछि ओलीले यो पहिलो पटक प्रचण्डलाई फोन गरेका हुन् । 

फोनमा उनले प्रचण्डलाई मिलेर अगाडि बढ्न आग्रह गरेका छन् ।

ओलीले आफूहरुलाई टाढा पार्ने शक्तिहरुको जित भएको र अब मिलेर अगाडि बढ्नु पर्ने फोनमा बताएका थिए । उनले अगाडिको बाटोबारे मिलेर बसेर छलफल गर्न पनि अनुरोध गरेका छन् ।

प्रचण्डले चाहिँ अहिले आफूहरु गठबन्धनमा भएको र अबको परिस्थिति कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न आफू तयार भएको जवाफ दिएका छन् ।






  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १८:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया