logo-img

माओवादीको बागमती संसदीय दलमा शालिकराम चुनिएपछि सरल सहयात्रीले लेखे– छिर्के लगाएर गेम जितियो

नेकपा माओवादी केन्द्रले बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जमरकट्टेलको नाम घोषणा गरेको छ । 

काठमाडौंको बानेश्वरमा भएको एक होटलको कार्यक्रममा उनको नाम चुनिएको हो ।

योसँगै माओवादी केन्द्रको यो कदमको माओवादी केन्द्रकै नेताहरुले विरोध गरेका छन् । बागमती प्रदेश अध्यक्षसमेत रहेका माओवादी नेता सरल सहयात्री पौडेलले संसदीय दलको नेता चुन्न चुनाव हुनु पर्ने माग राख्दै आएका थिए । तर, शालिकरामलाई पार्टीले संसदीय दलको नेतामा चयन गरेको निर्णय सुनाएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको नेता चयन गर्दा सर्वसम्मतिमा नेता चयन गर्न निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार नै शालिकराम जमकट्टेलको नाम घोषणा भएको हो ।

उनको नाम घोषणा भएपछि सिन्धुपाल्चोक १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सहयात्रीले कार्यक्रम छोडेर बाहिरिएका थिए ।

यसको विरोधमा उनले सामाजिक सन्जालमा स्टाटससमेत लेखेका छन् । उनले लेखेका छन्, ‘‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएर पनि गेम त जितिन्छ, तर मन जितिँदैन, जबसम्म मन जितिँदैन केही पनि जितिँदैन। म हरेकपटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ ।’





  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार १८:१६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया