logo-img

एलन मस्क फेरि विश्वकै धनी व्यक्ति

एलन मस्क फेरि विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् । ब्लूमबर्गको तथ्यांकअनुसार यसअघि दोस्रो नम्बरमा झरेका मस्क फेरि शीर्ष स्थानमा उक्लिएका हुन् ।   

सोमबार टेस्ला स्टकमा बढोत्तरी भएसँगै मस्क विश्वका धनी व्यक्तिको सूचीको शीर्षमा फर्किए । मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन पुगेको छ । फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सिइओ बर्नार्ड अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन रहेको छ । 

मस्कले ट्विटर किनेपछि प्रविधिमा फराकिलो बजार मन्दीको बीचमा गत वर्ष टेस्लाको स्टकमा तीव्ररूपमा गिरावट आएको थियो । इलेक्ट्रिक वाहन निर्माता टेस्लाको शेयर २०२३ सुरु भएदेखि भने बढेको छ । 





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार ८:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया