logo-img

महानिरीक्षक कुँवरलाई प्रधानसेनापतिको बधाई

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरलाई बधाई तथा शुभकामना दिएका छन्।

आइजिपी कुँवर प्रधानसेनापति शर्मालाई भेट्न शनिबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका बेला सेनापति शर्माले बधाई तथा शुभकामना दिएका हुन्।

यस्तै, भेटमा दुई सुरक्षा निकायबीचको आपसी समझदारी र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

कुँवर शनिबार मात्रै आइजिपीमा नियुक्त भएका थिए। उनलाई आज मात्रै दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार २०:२२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया