logo-img

वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन

सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरेको छ ।
     
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा ओम गुरुङ (क्याप्टेन), टिकाराम राई (सञ्चारकर्मी), पियुस आनन्द (वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट) र सहारा न्यौपाने रहेका छन् । 
     
निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्न अध्ययन समितिले अध्ययन प्रतिवेदन तयारी गरी मन्त्रालयमा पेस गर्नेछ । आर्थिक रुपमा निकै कमजोर अवस्थामा पुगेको निगमले जहाज खरिदबापतको झण्डै ५० अर्ब रुपैयाँ ऋणभार बहन गरिरहेको छ । 

बजार विस्तार र व्यवसायिक योजना ल्याउन नसक्दा निगमले व्यवसायिक सफलता हासिल गर्न सकेको छैन । पर्याप्त जहाज नहुँदा अन्तर्राष्ट्रिय गन्तव्य विस्तार र बजारीकरण प्रभावकारी हुनसकेको छैन । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाईडबडी ए ३३० र दुई थान न्यारोबडी ए३२० जहाज छन् । आन्तरिक उडानमा मात्र दुई थान ट्वीनअटर जहाज छन् । 





  • प्रकाशित मिति : चैत २४, २०७९ शुक्रबार २१:५०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया