logo-img

काठमाडौं–दुबई उडान ११ घण्टा अवरुद्ध, अपरेसन विभाग प्रमुख निलम्बित

अघिल्लो साता काठमाडौं–दुबई उडान ११ घण्टा अवरुद्ध भएको घटनामा नेपाल एयरलाइन्सले तत्कालीन अपरेसन विभाग प्रमुखलाई निलम्बन गरेको छ । एयरलाइन्सले वरिष्ठ पाइलट आरके शेरचनलाई निलम्बन गर्ने निर्णय गरेको हो । 

पाइलटले अन्तिम समयमा बिरामी भएको रिपोर्ट गरेपछि काठमाडौं–दुबई उडान ११ घन्टा डिले भएको थियो । 

घटनापछि गठित छानबिन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई निलम्बन गर्ने निर्णय भएको हो । 

दोस्रो पाइलटको जोहो गर्न नसक्दा निगमले सो बेला यात्रुलाई होटलमा राख्दा निगमलाई र धेरै यात्रुलाई पनि अतिरिक्त भार परेको थियो ।

बेथितिका घटना बढेपछि सोमबार मात्र पर्यटन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमसँग स्पष्टीकरण समेत सोधेका थिए । 





  • प्रकाशित मिति : चैत २८, २०७९ मंगलबार २३:१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया