logo-img

प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ : आइजिपी कुँवर

प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले प्रहरीले संख्याभन्दा गुणात्मकरूपमा सेवा प्रवाह गरिरहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्दै उनले प्रहरीको ध्यान गुणात्मक सेवा प्रवाहमा रहेको बताएका हुन् ।  

आइजिपी कुँवरले जनताले प्रहरीसँग विश्वास पनि गर्नुपर्ने बताए । ‘प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ । पछिल्लोपटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय परिसरमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, व्यारेक, मेस र हिरासत कक्ष निर्माण गरिएका छन् । ती सबै संरचना ६ करोड ६८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएका  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

निर्माणको जिम्मा बिकोइ सुनिल–समिर जेभीले लिएको थियो । निर्माण व्यवसायी नारायण पोखरेलले केही समय अगाडि भवनको निर्माण सकेर जिल्ला प्रहरी कार्यालय गुल्मीलाई हस्तान्तरण गरेका थिए ।    
 





  • प्रकाशित मिति : वैशाख २२, २०८० शुक्रबार ११:२०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया