logo-img

प्रथम राष्ट्रपतिलाई कांग्रेसको चिन्ता, भन्छन्– सहरकेन्द्रित हुन थाल्यो

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कांग्रेस सहरकेन्द्रित भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

कांग्रेसमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला रहुन्जेलसम्म गाउँ–गाउँमा पुगेर पार्टीका कुराहरु बुझ्ने प्रचलन भए पनि अहिले बिस्तारै हराउँदै गएको उनको भनाइ छ । अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको उनले बताए । 

निर्वाचनका बेला आधा मात्रै केन्द्रीय सदस्यहरु जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने पूर्वराष्ट्रपति यादवको दाबी छ । 

‘पहिला केन्द्रीय समितिमा ३०–३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ, कमसे कम आधालाई जिल्ला–जिल्लामा खटाइदिएको भए कम्तीमा एउटामा दुईजना पुग्थे,’ उनले भने, ‘अरू पार्टीका सदस्यहरू ग्रासरुट गरिरहेका छन् । तपाईं यहाँ बसिरहनुहुन्छ ।’

पूर्वराष्ट्रपति यादव नेपाली कांग्रेसका पूर्वमहामन्त्री हुन् । वहालवाला महामन्त्री रहेकै बेला उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार १६:२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया