logo-img

बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फर्कियो, चरा ठोक्किएको आशंका
फाइल फाेटाे

काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज पुनः काठमाडौं फर्किएको छ । चरा ठोक्किएको आशंकामा एयरलाइन्स त्रिभुवन विमानस्थल नै फर्किएको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आरए २२५ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको हो ।

विमानस्थलबाट उडान भरेको २५ मिनेटमा नै आरए २२५ विमान फर्किएको बताइएको छ । विमानमा १५६ जना यात्रु सवार थिए । अहिले प्राविधिकहरूले उक्त जहाजको परीक्षण गरिरहेका छन् । 





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १५:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया