logo-img

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभामा दुई दिनसम्म भएको छलफलमा आज बसेको दसौँ बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । 

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभासमक्ष आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेस गरेका थिए । सभामुख तुलाराम घर्तीले सरकारको प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेस गर्दा ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम पारित भएको हो । 

यसअघि नीति तथा कार्यक्रममा प्रदेशसभामा सत्तापक्ष सांसदले नीति तथा कार्यक्रमको बचाउमा उत्रिए भने सत्ताबाहिर रहेका दलका सदस्यले भने आलोचना गरेका थिए । 

आजको बैठकमा नीति तथा कार्यक्रममाथि पाँचजना प्रदेश सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए । उक्त संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । नीति तथा कार्यक्रममाथि एमालेका प्रदेशसभा सदस्यले संसोधन प्रस्ताव दर्ता गराएका थिए । 

एमालेका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णुप्रसाद पन्थी, अर्जुनकुमार केसी, रत्नबहादुर खत्री, वसन्ती न्यौपानेले संशोधन प्रस्ताव दर्ता गराएका थिए । 

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका थिए । 



प्रदेशसभाको आगामी ११ औँ बैठक असार १ गते ३ बजे बस्नेछ । 



  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार २२:३६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया