logo-img

स्वास्थ्य बीमा कार्यक्रमका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । 

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकपछि समितिका सभापति प्रकाश पन्थले स्वास्थ्य बीमा कार्यक्रमा देखापरेका नीतिगत, व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा, औषधि, आपूर्ति तथा उपचार प्रक्रिया सरल बनाइ दक्ष जनशक्तिको व्यवस्था गरी सबै स्थानीय तहहरुमा पहुँच बिस्तार गर्न सरकारलाई निर्देशन दिए ।

समितिले सुर्तीजन्य पदार्थमा लगाउने कर वृद्धि गरी त्यसबाट संकलन भएको रकम स्वास्थ्य उपचार, जनस्वास्थ्य सेवाका कार्यक्रम खर्च गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । समितिले मानसिक स्वास्थ्य उपचारका सम्बन्धमा मनो सामाजिक परामर्शदाता, स्वास्थ्य विशेषज्ञ सेवा बिस्तार गर्न, शिक्षाका पाठ्यक्रममा समावेश गर्न, र विभेदजन्य शब्द र प्रावधानलाई हटाउन उपयुक्त कानुनी/नीतिगत व्यवस्था गर्न निर्देशन दिएको छ । 

समिति सभापति पन्थले दिगो विकास लक्ष्य प्राप्तिका लागि निर्धारण भएका सूचकहरूमा प्रगति हाँसिल गर्नेगरी नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधार गर्न निर्देशन दिए ।  





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १५:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया