logo-img

कारागारमा आफन्तलाई भेट्न आएका युवकको साथबाट लागुऔषध बरामद

कैलाली कारागारमा लागुऔषध फेला परेको छ । धनगढी उपमहानगरपालिका–१ जबरजस्ती करणी मुद्दामा कारागार चलान भएका ३१ वर्षीय करन बमलाई भेट्न आएका आफन्तबाट १३ ग्राम लागुऔषध बरामद गरेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।   

 आज दिउँसो १ बजेर ३० मिनेटमा बमलाई भेट्न आएका डोटीको बोगटान नगरपालिका–६ घर भई हाल धनगढी उपमहानगरपालिका–६ चटकपुरमा नास्ता पसल सञ्चालन गर्दै आएका २५ वर्षीय भीम बोगटीबाट लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

बोगटीलाई चेकजाँच गर्दा स्याम्पुको डब्बाभित्र लागुऔषध फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।





  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार १८:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया