logo-img

गत आर्थिक वर्षमा लागुऔषधमा संलग्न ५ हजार ६११ जना पक्राउ

गत आर्थिक वर्ष २०७९/८० मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले ५ हजार ६ सय ११ जनालाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध ३ हजार ७ सय १२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । 

ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार उनीहरूबाट १८ हजार २२ किलो गाँजा, पाँच सय २८ किलो चरेस, १४ किलो ३ सय ५० ग्राम हिरोइन, १४ किलो ५ सय ६७ ग्राम कोकिन र ३४ किलो २ सय ५८ अफिम बरामद भएको थियो ।

उक्त अवधिमा ६२ हजार दुई सय ७९ एम्पुल ब्रुफेन, ६७ हजार ४ सय ३४ एम्पुल डियाजेपाम, ३४ हजार ८ सय २९ एम्पुल फेनारगन, एक लाख ५ हजार ४ सय १४ ट्याबलेट नाइट्राभेट १० हजार ७ सय ९७ ट्रामाडोल, ८ हजार ९ सय ५१ बोतल कोरेक्स तथा डाइलेक्स एवं ५ सय एक किलो खात बरामद गरिएको जोशीले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन २, २०८० मंगलबार १६:१६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया