logo-img

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदैछ ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेसी तोकिएको छ ।

बुधबार नेता कार्कीले प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेशविपरीतको कार्य भएको भन्दै परमादेशको माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । 





  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार ९:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया