logo-img

विश्वकप छनोटमा ब्राजिलको सानदार जित, नेयमारले गरे दुई गोल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

फिफा विश्वकप २०२६ को छनोटमा ब्राजिलले सानदार जित निकालेको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियाविरुद्ध ५–१ को जित निकालेको हो ।      

ब्राजिलको जितमा रोड्रिगो र नेयमारले २/२ तथा राफिन्हाले १ गोल गरे । रोड्रिगोले २४ औँ र ५३ औँ तथा नेयमारले ६१ औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । 

राफिन्हाले ४७ औँ मिनेटमा गोल गरे । बोलिभियाका लागि भिक्टोरले ७८ औँ मिनेटमा सान्त्वना गोल फर्काए । यो जितसँगै ब्राजिल ३ अंकका साथ शीर्ष स्थानमा छ ।  



शनिबार नै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई ३–१ गोल अन्तरले हरायो । दक्षिण अमेरिकी छनोटमा १० देशको सहभागिता रहेको छ ।
 






  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार ९:२९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया