logo-img

पोर्चुगलको लगातार पाँचौं जित, फर्नान्डेजको निर्णायक गोल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

युरोकप २०२४ छनोटमा पोर्चुगलले लगातार पाँचौं जित निकालेको छ । पाँचौं जित निकाल्नेक्रममा बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई १–० गोल अन्तरले हरायो । 

समूह ‘जे’ अन्तर्गत भएको खेलमा स्लोभाकियाविरुद्ध ब्रुनो फर्नान्डेजले निर्णायक गोल गरे । उनले ४३ औँ मिनेटमा गोल गरेका हुन् । 



पोर्चुगल ५ खेलमा शतप्रतिशत जितका साथ समूह ‘जे’ को शीर्षस्थानमा रहेको छ ।  ६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरोकप २०२४ का लागि छनोट हुनेछन् ।

जर्मनी भने आयोजक राष्ट्रको हैसियतमा युरोकपका लागि छनोट भइसकेको छ ।   






  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार ७:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया