logo-img

इलाम–२ मतगणना : सुहाङ ७ सय ८० मतले अघि

इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाएका छन् । 

आइतबार दिउँसो १२ बजेबाट जारी मतगणनामा अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना जारी छ । सुरुवाती २ वडामा कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता बनाएको भए पनि वडा नम्बर ३ र ४ को मतगणनापछि एमालेका नेम्वाङ अघि लागेका हुन् । 

ताजा अवस्थामा एमाले उम्मेदवार सुहाङ ७ सय ८० मतले अघि लागेका छन् ।  उनले ३ हजार २ सय ४९ मत पाएका छन् भने कांग्रेसका खड्काले २ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् । 

तेस्रोमा पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू छन् ।  उनले ७ सय ३ मत प्राप्त गरेका छन् । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ४ सय ३४ मत प्राप्त गरेका छन् । 
 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार २०:५९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया