logo-img

कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक मंगलबार बस्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ । बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिएपछि बैठक स्थगित भएको हो । 

सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई बोल्न दिन आह्वान गर्दा कांग्रेस नाराबाजीमा उत्रिएपछि जेठ १ गते मंगलबार साँझ ६ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्नुपर्ने कांग्रेसको अडान छ । सो माग पुरा नभएसम्म सदन चल्न नदिने र यसको जिम्मेवारी स्वयंम सरकारले लिनुपर्ने कांग्रेसको भनाइ छ । 





  • प्रकाशित मिति : वैशाख २८, २०८१ शुक्रबार १८:११:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया