logo-img

सुहाङ नेम्वाङले लिए अग्रता, कांग्रेसका खड्काभन्दा ३४५ मतले अघि

इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । कांग्रेसका डम्बर खड्कालाइ पछि पार्दै नेकपा एमालेका उम्मेदवार नेम्वाङले पहिलोपटक अग्रता लिएका हुन्। 

एमालेका नेम्वाङ कांग्रेसका खड्काभन्दा ३४५ मतान्तरले अघि छन्। अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिँदा नेम्वाङले २५४२ मत ल्याएका छन्। खड्काले २१९७ मत ल्याएका छन्।  

यसअघिसम्म नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए। अहिले एमाले उम्मेदवार नेम्वाङलाई कांग्रेस उम्मेदवार खड्काले पछ्याइरहेका छन्। 

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन्।

यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १९:१९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया