logo-img

डम्बर खड्का र सुहाङ नेम्वाङबीच मतान्तर मात्रै २८

इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको अग्रता कायमै छ । नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङले उनलाइ पछ्याइरहेका छन् । 

फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना सकिँदा कांग्रेसका खड्काले एक हजार छ सय ५८ मत पाएका छन् भने एमालेका नेम्वाङले एकहजार छ सय ३० मत पाएका छन् । 

नेम्वाङ र खड्काबीचको मतान्तर २८ मत रहेको छ । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले चार सय ३० मत पाएका छन् ।

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले तीन सय ८ मत पाएकाे मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । 

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए  । 

यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १८:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया