logo-img

प्रहरी महानिरीक्षक कुँवर बेलायतबाट स्वदेश फिर्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ६ दिने बेलायत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । 

बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको इन्ट्रिगेटेड प्रोग्राम फर स्ट्रेन्देनिङ सेक्युरिटी एण्ड जस्टिस फेज टु कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका महानिरीक्षक कुँवर आज स्वदेश फर्किएका हुन् । 

प्रहरी महानिरीक्षक कुँवरसहितको चार सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरनमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए । 

कार्यक्रम अवधिमा प्रहरी महानिरीक्षक कुँवर र नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूले मेट्रोपोलिटन पुलिस न्यु स्कटल्याण्ड यार्डका डेपुटी एसिस्टेन्ट कमिस्नर वार्डलगायत विभिन्न अधिकारीसँग भेटघाट गरेका थिए । 

बेलायत भ्रमणको क्रममा नेपाली राजदूतावास लण्डनका राजदूत ज्ञानचन्द्र आचार्य र प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको टोलीबीच नेपाली राजदूतावास लण्डनमा भेटवार्ता भएको थियो ।

भेटघाटका क्रममा नेपाली राजदूतावासमा कार्यरत कर्मचारी, नेपाल प्रहरीबाट बेलायतमा अध्ययनरत प्रहरी कर्मचारी, बेलायतमा रहेका पूर्वप्रहरी कर्मचारीलगायतको उपस्थिति थियो ।
 





  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १५:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया