logo-img

अमेरिकी लगानीकर्तालाई परराष्ट्रमन्त्रीको अनुरोध- नेपालमा लगानी गर्नुहोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गरेका छन् ।

मन्त्री साउदले नेपालमा गरिएको लगानीको मुनाफा र पुँजी फिर्ता लैजाने संवैधानिक व्यवस्था गरिएकाले लगानीमैत्री वातावरण निर्माण भएको बताए । नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन र लगानी आकर्षित गन्तव्यको रूपमा विकास गर्न कुनै कसर नराख्ने उनको भनाइ छ । 

अमेरिकाको औपचारिक भ्रमणमा रहेका मन्त्री साउदले अमेरिका चेम्बर अफ कमर्सका सदस्यसँग बुधबार वासिङ्टन डिसीमा अन्तरक्रिया गर्दै उक्त आग्रह गरेका हुन् ।

‘विश्वमा कार्बन उत्सर्जनलाई कम गर्न स्वच्छ ऊर्जाको उपयोग बढाउँदै लैजानुपर्ने अवस्थामा नेपालमा भएको बिजुली ठूलो मात्रामा छिमेकी देशमा उपलब्ध गराउन सकिन्छ, यसका लागि अमेरिकी निजी क्षेत्रले आर्थिक तथा प्राविधिक स्रोत परिचालन गरेर लाभ हासिल गर्न सक्छन्,’ उनले भने ।

मन्त्री साउदले नेपालको सूचना प्रविधि क्षेत्र अर्को सम्भावना भएको उल्लेख गर्दै सक्षम जनशक्ति, भाषागत दक्षता, मानव संशाधनको सहज उपलब्धता आदि कारणले यसमा लगानी गर्न पनि अनुरोध गरे । ‘नेपालको आर्थिक रूपान्तरणमा सूचना प्रविधि गेम चेञ्जर हुनेमा म विश्वस्त छु,’ उनले भने । 

सूचना प्रविधिको कम्पनी स्थापनाका लागि १ सय रुपैयाँमा नै कम्पनी खोलेर वैदेशिक प्रत्यक्ष लगानी गर्नसक्ने गरी सरकारले नयाँ नीति लागू गरेको पनि उनले बताए ।  



मन्त्री साउदले वैदशिक लगानीका लागि वाणिज्य विभागमा एकद्वार प्रणालीमार्फत सहजीकरण गर्दै आएको उल्लेख गर्दै भने, ‘नेपालले वैदेशिक लगानीको स्वचालित प्रणालीअनुरूप १० करोड रुपैयाँसम्मको लगानीका लागि पूर्वस्वीकृती लिन नपर्ने व्यवस्था गरेको छ ।’ 



  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार १०:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया