logo-img

चलचित्र ‘दिमाग खराब’ कात्तिक २४ गतेबाट देशभर प्रदर्शन हुने

चलचित्र ‘दिमाग खराब’ कात्तिक २४ गतेबाट देशभर प्रदर्शन हुँदै छ । प्रदर्शनअघिको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा निर्माण टिमले चलचित्र उत्कृष्ट बनेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखक आकाश बरालले कथावस्तु राम्रो रहेको र त्यसमा निर्देशक निश्चल बस्नेतले झनै आफ्नो कला थपेर युनिक फिल्म बनाएको बताए । उनले दर्शकले फिल्मका विषयवस्तु युनिक पाउने दाबी गरे । 

उनले भने, ‘यसमा दिमाग खराब भनेको निश्चल दाइको आफ्नो प्रस्तुति हो । जो उहाँले सिनेमामा दिनुभएको छ । विदेश जाने कुरा होस् वा अरू होस् फिल्ममा युनिक छ । युनिक रुपमा फिल्मलाई प्रस्तुत गरिएको छ । फिल्मका विषयवस्तु युनिक पाउनु हुनेछ ।’

त्यस्तै अभिनेता एवं निर्देशक निश्चल बस्नेतले फिल्मको कथा तयार पार्न मात्रै करिब एक वर्षको समय लागेको बताए । उनले फिल्म एक किसिमको बन्छ भन्ने नलागेसम्म  फिल्मको स्क्रिप्ट नै तयार पारिरहेको बताए । फिल्मको कथा रोमाञ्चक रहेको उनको दाबी छ ।

उनी भन्छन्, ‘यो फिल्मको स्क्रिप्ट तयार गर्न नै लगभग एक वर्ष लाग्यो । हामी सोच्नलाई कहिल्यै हिच्किचाएनौँ । फिल्म एक किसिमको बन्छ भन्ने नलागेसम्म हामी फिल्मको स्क्रिप्ट नै बनाइरह्यौँ । कथा इन्ट्रेस्टिङ भएको छ । फिल्मले राम्रो फल दिने आशा छ ।’

पत्रकार सम्मेलनमा अभिनेता एवं निर्देशक खगेन्द्र लामिछानेले आफू मुख्य भूमिकामा रहेर करिब ५ वर्षको अन्तरालमा फिल्म आउँदा खुसी लागेको बताए । उनले सिनेमाको कथावस्तु राम्रो रहेको बताए ।

उनले भने, ‘यो फिल्म मेरो लामो समयपछिको ग्यापमा आएको हो । फिल्म आइरहेको छैन । बीचमा आफैँ निर्देशक भएर काम गरेँ । समय नै त्यस्तै थियो । २०१८ पछि लिड रोल गरेको यो फिल्म नै हो । सिनेमामा धेरै आनन्दले काम गरियो । कथा राम्रो छ । सिनेमा राम्रो छ भन्ने निश्चल भएपछि ढुक्क हुन्छु । निश्चिललाई कस्तो छ सिनेमा बन्यो ? भनेर सोध्दा उसको अनुहार उज्यालो हुन्छ । त्यसैले पनि सिनेमा राम्रो छ ।’




उनले फिल्मले राम्रो सो पाउनेमा आशावादी रहेको बताए । चलचित्र कात्तिक २४ बाट सार्वजनिक प्रदर्शन हुँदै छ । आम मानिस र नेताबीचको लडाइँको कथा भनिएको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ । आकाश बरालको लेखन र सुशन प्रजापतिको छायाङ्कन रहेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् । 



  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार ११:३७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया