logo-img

इयुको कालोसूचीबाट अझै हटेन नेपालको हवाई उडान

नेपाल सरकारले पटक–पटक प्रयास गरे पनि नेपाल युरोपियन युनियनको उडान सम्बन्धी कालो सूचीबाट हट्न सकेन। युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई कालो सूचीबाट हटाउन नमानेको हो ।

युनियनले आज बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली वायु सेवा कम्पनीलाई युरोपेली मुलुकको आकाश प्रयोगमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।

युरोपियन कमिसनको टोलीले नेपालको उड्डयन सुरक्षाका विषयमा नेपाल आएर फर्किएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कालोसूचीबाट हटाउन आग्रह गरेका थिए । अधिकारीले सकरात्मक प्रगति भएको बताएका थिए ।

युरोपेली आयोगले ‘युरोपेली युनियन (इयू) हवाई सुरक्षा सूची’ अद्यावधिक गर्दै नेपाली वायुसेवालाई त्यहाँको आकाशमा उडान गर्न कालोसूचीमा राखेको थियो ।





  • प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार १९:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया