logo-img

जनचेतना जगाउन प्रहरीले थाल्यो ‘लालटिन अभियान’

कर्णाली प्रदेश लागु औषध कारोबार र प्रयोगको ‘हट स्पट’ बन्दै गएपछि प्रहरीले यसको ओसारपसार र प्रयोग नियन्त्रण गर्न विद्यालयहरूमा (लालटिन अभियान) सुरु गरेको छ । 

सडक सञ्जालको पहुँच पुगेसँगैहुम्ला, मुगु लगायतकाहिमाली जिल्लाहरूमा लागु औषध ओसारपसारको जालो फैलिन थालेपछि यसको नियन्त्रण गर्न प्रहरीले ‘लालटिन अभियान’ मार्फत गाउँ गाउँमा जनचेतना फैलाउन लागेको हो । 

सभ्य, शान्त र लागुऔषधमुक्त समाज बनाउनु अभियानको प्रमुख उद्देश्य रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अभियान अन्तर्गत प्रहरीले मुगुका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी,बाल क्लब तथा क्याम्पसमै पुगेर कक्षा सञ्चालन गर्दै लागु औषध ओसारपसारमा रोकथाम र प्रयोगका नकारात्मक असरबारे जानकारी दिन थालेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको लालटीन अभियान अन्तर्गत मुगु जिल्लामा छायानाथ रारा नगरपालिकामा रहेका एक दर्जन माध्यमिक विद्यालयमा जनचेतना कक्षा दिइएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

साथीहरूको लहैलहैमा लागेर बजारमा अवैध रूपमा व्यापार गर्ने युवा पुस्ता र विलासी जीवन जिउन आकस्मिक आर्थिक कमाई गरी धनी बन्ने लालचमा परि लागू औषधको सेवन, व्यापार र ओसारपसार गर्दा भित्रभित्रै भुसमा आगो सल्के झैँ युवा र समाज उत्पादनशील भन्दा लागु औषधको झोलामा फस्दै गएको भन्दै नियन्त्रण गर्न लालटिन अभियान सञ्चालन गर्नुपरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले बताए । 
 





  • प्रकाशित मिति : मंसिर १६, २०८० शनिबार ९:५९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया