logo-img

सबै गम्भीर भएर नेपालको अस्तित्व जोगाउन प्रथम राष्ट्रपतिको आह्वान

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

शनिबार काठमाडौंमा ‘बिपीवाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । अहिलेको सरकारले र नेपाली कांग्रेससहितका पार्टीहरूले राम्रो काम गर्न नसकेको जिकिर गर्दै उनले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताए । 

दैनिक हजारौँ मानिसहरु विदेश गइरहेकोप्रति गुनासो गर्दै प्रथम राष्ट्रपतिले देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताए । सबै मिलेर देश, जनता र देशको सार्वभौमसत्ताको अस्तित्व जोगाउनुपर्ने बताए । 

‘निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली कांग्रेस वा अरू पार्टीहरुले राम्रो गरेनन् । राम्रो गर्नुपर्ने त्यो कुरा सही हो । गर्न सकिरहेको छैनन्,’ उनले भन । 

‘तर हामी एउटा बाटोमा छौँ । प्रजातान्त्रिक संविधान छ, जो संविधानले नेपाली जनताको यो देशको अस्तित्व बचाएर अगाडिको बाटो देखाएको छ,’ उनले थपे, निश्चय नै शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय छ । ५०औँ लाख मानिस विदेशमा छन् । तर, हामी लोकतान्त्रिक प्रोसेसमा छौँ । कोर्स करेक्सन हुन्छ भन्ने आशा गरौँ ।’





  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार १५:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया